सुनको मूल्यमा उच्च बृद्धि, प्रतितोला ९१ हजार रुपैयाँ • Image Khabar Image Khabar


सुनको मूल्यमा उच्च बृद्धि, प्रतितोला ९१ हजार रुपैयाँ


Imagekhabar
८ असार २०७७, सोमबार १४:२२

सुनको मूल्यमा उच्च बृद्धि, प्रतितोला ९१ हजार रुपैयाँ

काठमाडौं, असार ८ । सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैया पुगेको छ ।

नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्