३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


अंगीकृत नागरिकतामा कांग्रेसको फरक मतः सात वर्षपछि मात्र विदेशी बुहारीलाई नागरिकता अमान्य


0
Shares

काठमाडौं, असार ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नागरिकता विधेयकमा फरक मत राखेको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा कांग्रेसले फरक मत राखेको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार भएको छलफलमा कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका हुन् ।

यसअघि कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको थियो । सत्तारुढ नेकपा भने सात वर्षपछि मात्रै विवाहिता विदेशी बुहारीलाई नागरिकता दिनुपर्ने पक्षमा रहेको छ ।

राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा ल्याइएको वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको कांग्रेसको जिकिर छ ।

नागरिकतामा गरिने नयाँ व्यवस्थाले संवैधानिक, सामाजिक र पारिवारिक जटिलता देखिने पनि कांग्रेसको तर्क छ ।

विधेयकप्रति जनता समाजवादी पार्टीले पनि आपत्ति जनाएको छ ।