दलहरु एकढिक्का भएर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्व राष्ट्रपति • Image Khabar Image Khabar


दलहरु एकढिक्का भएर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्व राष्ट्रपति


Imagekhabar
४ चैत्र २०७२, बिहीबार ०७:२२

दलहरु एकढिक्का भएर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्व राष्ट्रपति

बिराटनगर, चैत ४ । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधानको मुल मर्म र भावना अनुसार सबै दलहरु अगाडी वढ्न सकेमात्र मुलुकले निकास पाउने बताएका छन् ।

आज बिराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले सबै राजनीतिक दलहरु एकतावद्ध बनेर नयाँ संविधानको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

तराई मधेसमा देखिएको असन्तुष्टीलाई समाधान गर्दैै अघि वढ्न ठूला भनिएका दलहरु जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।

आफुले विगतमा पनि सबै दलको सहमतिमा मात्र संविधान जारी गर्न सुझाव दिएको उल्लेख गर्दै उनले संविधान जारी भइसकेको अवस्थामा अब त्यसको सफल कार्यान्वयनका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्