‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ शनिबारदेखि, के हो अभियान ? के हुँदैछ ? • Image Khabar Image Khabar


‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ शनिबारदेखि, के हो अभियान ? के हुँदैछ ?


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार ०९:५८

‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ शनिबारदेखि, के हो अभियान ? के हुँदैछ ?

काठमाडौं, चैत ५ । काठमाडौंलाई सफा राख्ने प्रयासस्वरुप शनिबार (भोलि)देखि २४ हप्ते ‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ अभियान सुरु हुँदैछ ।

अभियानकर्ताहरुले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी शनिबार पशुपति क्षेत्रबाट सुरु हुने ‘क्लिन काठमाडौं’ अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

अभियानका संयोजक गंगा श्रेष्ठले यो अभियान हाललाई १२ हप्ता ‘क्लिन’ र १२ हप्ता ‘ग्रीन’ गरी २४ हप्तासम्म चल्ने जानकारी दिए ।

उनले २४ हप्तापछि अभियानको बृहत् समीक्षा गरी थप अभियान सन्चालन गर्ने पनि बताए ।

अभियानअन्र्तगत् प्रतिकात्मकरुपमा विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक धरोहरहरुको प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेस्म्म दुई घन्टा सरसफाइ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्