राजकुमार ह्यारीको यस्तो छ बर्दिया भ्रमण तालिका • Image Khabar Image Khabar


राजकुमार ह्यारीको यस्तो छ बर्दिया भ्रमण तालिका


Imagekhabar
६ चैत्र २०७२, शनिबार १०:४४

राजकुमार ह्यारीको यस्तो छ बर्दिया भ्रमण तालिका

बर्दिया, चैत ६ । नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा आपसी सम्बन्ध सुदृढ पार्न शनिबार काठमाडौं आइपुगेका बेलायती राजकुमार ह्यारीले सोमबार बर्दियाको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने छन् ।

बेलायती महारानीका प्रतिनिधिकोरुपमा पाँचदिने औपचारिक भ्रमणमा नेपाल आएका ह्यारीको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन भ्रमणको तालिका बेलायती राजदूतावासबाट तय भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको गैंडा मचाननजिकै हेलिकोप्टर अवतरणका लागि हेलिप्याड निर्माण गरिएको छ ।

राजकुमार ह्यारीले करिब १ देखि साढे १ घन्टा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको खौराहा खोलामा र्‍याफ्टिङ गरिसकेपछि गाडीमा जंगल ‘ड्राइभ’ गर्ने कार्यक्रम रहेकोे छ ।

निकुञ्ज अवलोकनपछि सूर्यपटुवा गाविसको डल्लामा रहेको जैविकमार्ग थारु होमस्टे जाने कार्यक्रम छ ।

होमस्टेमा केहीबेर थारुनाच र संस्कृति अवलोकनपछि निकुञ्जमा रहेको नेपाली सेनाको ब्यारेकमा ‘ब्रिफिङ’ गरी राजकुमार सोही दिन फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्