प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच भेटवार्ता • Image Khabar Image Khabar


प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच भेटवार्ता


Imagekhabar
६ चैत्र २०७२, शनिबार १३:३१

प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच भेटवार्ता

काठमाडौं, चैत ६ । बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार काठमाडौं आइपुगेका छन् ।

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिकारुपमा राजकुमार ह्यारी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।

राजकुमार ह्यारीले शनिबारै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल–बेलायत सम्बन्धका विविधपक्षमा चर्चा भएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाल र बेलायतबीचको सम्बन्ध शताब्दी पुरानो र विशिष्ट भएको भन्दै राजकुमार ह्यारीको नेपाल आगमनप्रति खुसी व्यक्त गरेका थिए ।

भेटमा वातावरण संरक्षण, विश्व शान्तिका लागि सहकार्य, आपसी सहयोगमा अभिबृद्धिलगायका विषयमा छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने ह्यारीले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्