११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


अमेरिका र उत्तर कोरियाको सम्झौता बारे इरानले भन्योः ‘अमेरिकाले धोका दिन सक्छ’


0
Shares

काठमाडौं, जेठ ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको सम्झौताबारे विश्वभरबाट प्रतिक्रिया आउने क्रम जारी छ ।

दक्षिण कोरियाले दुई देशबीच भएको सम्झौता र शिखर वार्ता शान्ति र एकआपसका सहयोगको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिएको छ ।

यद्यपी अमेरिका र आफ्नो देशको संयुक्त सैन्य अभ्यास समाप्त पार्ने अमेरिकी निर्णयप्रति भने आपत्ति जनाएको छ । उता चीनले भने दुई देशबीचको सम्झौताले उत्तर कोरियालाई राहत भएको बताएको छ ।

यो सम्झौताले उत्तर कोरियामाथिको प्रतिबन्ध हट्ने भएकाले उत्तर कोरियालाई राहत हुने प्रतिक्रिया चीनको छ ।

उता इरानले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता खारेज गरेकाले ट्रम्पको विश्वास गर्न नहुने प्रतिक्रिया दिएको छ ।

साथै इरानले उत्तर कोरियाले अमेरिकाबाट धोका पाउने निश्चित भएकाले यसप्रति सचेत रहन सुझाव दिएको छ ।

रुसले पनि इरानको प्रतिक्रियाको समर्थन गरको छ भने चीनले दुई देशबीचको सम्झौता ऐतिहासिक भएको भन्दै समर्थन गरेको छ ।(एजेन्सी)