१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


‘संविधानलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा जातीय विभेद उन्मूलन भएन’


0
Shares

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा लेखिएका कुरालाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको बताएका छन् ।

५१औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसकाक्रममा सोमबार राजधानीमा भएको कार्यक्रममा बोल्दै देउवाले सबैलाई बराबरी हक स्थापित गरेर अगाडि बढेमा अबको १० वर्षमा जातीय विभेद अन्त्य हुने विश्वास गरे ।

कार्यक्रममा एमाओवादीका पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल, कांग्रेसका सांसद जीवन परियारलगायतले दलित आन्दोलनलाई समाजवादकारुपमा विकास गर्नुपर्ने बताए ।

कार्यक्रम हुनुपूर्व ‘दयामाया चाहिँदैन भेदभाव गर्न पाइँदैन’, ‘जातीय विभेद अन्त्य गर’लगायतका नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरिएको थियो ।