नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्धारा चिनियाँलाई आग्रह • Image Khabar Image Khabar


नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्धारा चिनियाँलाई आग्रह


Imagekhabar
९ चैत्र २०७२, मंगलवार १३:५१

नेपालमा लगानी गर्न महासंघ अध्यक्षद्धारा चिनियाँलाई आग्रह

काठमाडौं, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालमा लगानी गरी सहयोग गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सहभागी महासंघका अध्यक्ष मुरारकाले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषदले मंगलबार गरेको कार्यक्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरे ।

हाल नेपाल आर्थिकरुपमा अत्यन्त कमजोर रहेको र नीतिगत्रुपमा बाह्य लगानीका लागि अत्यन्त सहज वातावरण भएको भन्दै नेपालमा लगानी गरी नेपालको आर्थिक विकासमा सहयोग गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको महासंघले जनाएको छ ।

महासंघले चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक सडक’ परिकल्पनामा नेपाल एक हिस्सा हुन पाएकोमा दुई देशबीचको ऐतिहासिक दौत्यसम्बन्ध तथा आर्थिक सम्बन्धले थप उचाइ लिनेमा पूर्णरुपमा विश्वस्त रहेको पनि जनाएको छ ।

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्