
काठमाडौं, चैत १० । बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मंगलबार भएको आतंकवादी आक्रमणप्रति नेपाल सरकारले भर्त्सना गरेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी आक्रमणबाट मानवीय क्षति एवं धेरै अवोध जनता घाइते भएको भन्दै दुःख व्यक्त गरेको हो ।
उक्त आतंकवादी आक्रमणप्रति नेपाल सरकारले भर्त्सना गर्दै जुनसुकै स्वरुप र स्थानमा हुने त्यस्ता आतंकवादी क्रियाकलापको कडारुपमा प्रतिवाद गर्ने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त घटनामा भएका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घृणित कार्यमा संलग्नलाई छिट्टै न्यायिक कठघरामा ल्याउन सफल हुने विश्वाससमेत व्यक्त गरेको छ ।
यस दुःखद् घटनाप्रति नेपाली जनता र नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले बेल्जियमका जनता तथा त्यहाँको सरकारप्रति हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्