नेपालले भारत र चीन जुनै देशबाट सामान ल्याउनसक्छ : उपप्रम रावल • Image Khabar Image Khabar


नेपालले भारत र चीन जुनै देशबाट सामान ल्याउनसक्छ : उपप्रम रावल


Imagekhabar
१० चैत्र २०७२, बुधबार १०:४४

नेपालले भारत र चीन जुनै देशबाट सामान ल्याउनसक्छ : उपप्रम रावल

काठमाडौं, चैत १० । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले नेपालले आफ्नो आवश्यकताअनुसार भारत र चीन जुनसुकै देशबाट पनि सामान ल्याउनसक्ने बताएका छन् ।

रिपोटर्स् क्लबले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले आफूलाई जुन देशबाट ल्याउन सजिलो हुन्छ, त्यहीँबाट सामान ल्याउन सकिने बताए ।

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयनमा शंका नगर्न आग्रह गर्दै मन्त्री रावलले प्राविधिक कारणलेमात्रै पेट्रोलियम पदार्थ आपूर्तिको सम्झौता नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्