सुनको मूल्य ५ सयले घट्यो • Image Khabar Image Khabar


सुनको मूल्य ५ सयले घट्यो


Imagekhabar
१० चैत्र २०७२, बुधबार १४:०३

सुनको मूल्य ५ सयले घट्यो

काठमाडौं, चैत १० । बुधबार सुनको मूल्य ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले कमी आएर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने तोलाको ७ सय ३५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३४ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्