तथ्यांकको उपयोग सही ढंगबाट गरिनुपर्नेमा जोड • Image Khabar Image Khabar


तथ्यांकको उपयोग सही ढंगबाट गरिनुपर्नेमा जोड


Imagekhabar
१० चैत्र २०७२, बुधबार १४:१३

तथ्यांकको उपयोग सही ढंगबाट गरिनुपर्नेमा जोड

काठमाडौं, चैत १० । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले तथ्यांकको अपव्याख्या एवं अल्पव्याख्या गर्ने गरिएको भन्दै सचेत बन्नुपर्ने बताएका छन् ।

विश्व तथ्यांक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले तथ्यांकको उपयोग सही ढंगबाट गरिनुपर्नेमा जोड दिए ।

प्राकृतिक स्रोत–साधन, नेपालको खानी, सौर्य, जलविद्युत्, लगानीको क्षेत्रलगायतको तथ्यांक नै नरहेको र हचुवाको भरमा बोलिने गरेको भन्दै यस्ता महत्वपूर्ण क्षेत्रको तथ्यांक संकलनमा ध्यान दिनुपर्ने बताए । तथ्यांकलाई बुहआयामिक बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रमका सहभागीहरुले तथ्यांकको उपयोगिता बढाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

तथ्यांक संकलन, विश्लेषण झन्झटिलो कार्य भएपनि उपयोगी तथ्यांक बनाउन केन्द्रीय तथ्यांक विभागले थप प्रभावकारीरुपले काम गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

यो वर्ष ‘उन्नत तथ्यांक उन्नत जीवन’ भन्ने मूल नारासहित विश्व तथ्यांक दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्