जाइका नेपालको प्रमुखमा जुन साकुमा • Image Khabar Image Khabar


जाइका नेपालको प्रमुखमा जुन साकुमा


Imagekhabar
११ चैत्र २०७२, बिहीबार १३:५९

जाइका नेपालको प्रमुखमा जुन साकुमा

काठमाडौं, चैत ११ । जाइका नेपालको प्रमुखमा जुन साकुमा नियुक्त भएका छन् ।

जाइकाले नेपाल कार्यालयको नयाँ प्रमुख प्रतिनिधिमा साकुमालाई नियुक्त गरेको जाइका नेपालले जानकारी गराएको हो ।

निवर्तमान प्रमुख सुतोमु सिमिजुको मार्चमा कार्यकाल सम्पन्न भएसँगै नयाँ प्रमुख नियुक्त गरिएको हो ।

सन् १९८९ देखि जाइकासँग आवद्ध रहँदै आएका साकुमा यसअघि जाइकाका महानिर्देशक र उपमहानिर्देशका योजना र आशियान पार्टनरसिपका लागि कार्यकारी सल्लाहकारकारुपमा कार्यरत रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्