जनता बैंक र ‘सक्षम’बीच सहमति • Image Khabar Image Khabar


जनता बैंक र ‘सक्षम’बीच सहमति


Imagekhabar
११ चैत्र २०७२, बिहीबार १४:०१

जनता बैंक र ‘सक्षम’बीच सहमति

काठमाडौं, चैत ११ । जनता बैंक र युके एडअन्तर्गत्को सक्षम एक्सेस टु फाइनान्सबीच ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्‍याउने समझदारी भएको छ ।

जनता बैंक र सक्षमबीच पश्चिम नेपालका ४ जिल्लाहरु दाङ, कैलाली, अछाम र दार्चुलाका विभिन्न स्थानहरुबाट शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने विषयमा समझदारी भएको हो ।

विहीबार काठमाडौंमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र सक्षम कार्यक्रमका बलजित बोहराले सहमतिपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बहुसंख्यक जनतासम्म वित्तीय सेवा पुर्‍याउन कम्तीमा एक घर एक बैंक खाताको अवधारणा ल्याएको बताए ।

उनले यस्ता कार्यक्रममार्फत् कृषि क्षेत्रमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकले आगामी तीन वर्षभित्र ती जिल्लाका विभिन्न ५० स्थाहरुबाट शाखारहित बैंकिङ सेवा दिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्