१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


मानवस्रोत व्यवस्थापनबारे काठमाडौंमा दुईदिने सम्मेलन


0
Shares

काठमाडौं, चैत १२ । दक्षिण एसियाली राष्ट्रहरुको सार्वजनिक क्षेत्रमा मानवसोत व्यवस्थापनबारे शुक्रबारदेखि काठमाडौंमा दुईदिने सम्मेलन सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको जनप्रशासन विभागले आयोजना गरेको सम्मेलनमा सार्क राष्ट्रका सार्वजनिक क्षेत्रमा मानवस्रोत व्यवस्थापनको अवस्था र त्यसमा सुधारका लागि गर्नुपर्ने कामबारे छलफल हुनेछ ।

सार्क राष्ट्रहरुमा सार्वजनिक संस्थाहरुमा अति राजनीतिकरणको प्रभाव परेको भन्दै सम्मेलनमा सहभागीहरुले दक्ष मानिसहरुलाई अवसर दिनुपर्नेमा जोड दिएका थिए ।