 
	    काठमाडौं, चैत १२ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको विमानस्थल र अर्को ठाउँमा गत मंगलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा कोहीपनि नेपाली हताहत नभएको ब्रसेलस्थित नेपाली दूतावासले जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले बम विस्फोटका समयमा घटनास्थलमा रहेका केही नेपालीलाई सुरक्षित स्थानमा पुर्याइएको र उक्त घटनामा मृत्यु तथा घाइते भएकोहरुको सूचीमा अहिलेसम्म कोही नेपालीको नाम समावेश नभएको जनाएको छ ।
उक्त घटनामा कोही नेपाली प्रभावित भएको जानकारी प्राप्त भएमा वा घटनाबाट प्रभावित कोही नेपाली नागरिक भए यथाशीघ्र दूतावासमा सम्पर्क गर्न दूतावासले आह्वान गरेको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्