नेप्से दोहोरो अंकले बढ्यो, कारोबार घट्यो • Image Khabar Image Khabar


नेप्से दोहोरो अंकले बढ्यो, कारोबार घट्यो


Imagekhabar
१३ चैत्र २०७२, शनिबार १३:५७

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं, चैत १३ । यस साता शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३ अंकले बढेर अन्तिम दिन १३ सय ५७ अंकमा पुग्यो ।

यससाता अधिकांश समूहमा गिरावट आएपनि वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च ३० अंकको बृद्धि आएसँगै साताको नेप्से बढेको हो ।

टेलिकम सूचीकृत अन्य समूहमा पनि १४ अंकको बृद्धि आयो । बीमा, जलविद्युत् समूहमा भने दोहोरो अंकको गिरावट आयो ।

यस साता कारोबार परिमाणमा भने गिरावट आयो । यस साता १ सय ४२ कम्पनीहरुको तीन अर्ब ४४ करोड ५० लाख रुपैयाँ बराबरका ६६ लाख १४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता चार अर्ब २ करोड ८९ लाख रुपैयाँ बराबरका ६७ लाख १४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा १४ प्रतिशतले कम हो ।

यस साता कारोबार रकम, कारोबार भएको सेयर संख्या एवं कारोबार संख्याको आधारमा नेसनल हाइड्रोेपावर कम्पनी अग्रस्थानमा रह्यो ।

कारोबार रकमको आधारमा नेसनल हाइड्रोपावर कम्पनीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल बैंक, सिटिजन बैक इन्टरनेसनल र एनएमबी बैकले क्रमशः पच्छ्याउन पुगे ।

 

प्रतिक्रिया दिनुहोस्