श्रीलंकालाई हराउँदै इङ्गल्याण्ड सेमिफाईनलमा, म्याथ्युजले गरे उत्कृष्ट प्रदर्शन • Image Khabar Image Khabar


श्रीलंकालाई हराउँदै इङ्गल्याण्ड सेमिफाईनलमा, म्याथ्युजले गरे उत्कृष्ट प्रदर्शन


Imagekhabar
१४ चैत्र २०७२, आईतवार ०३:०१

श्रीलंकालाई हराउँदै इङ्गल्याण्ड सेमिफाईनलमा, म्याथ्युजले गरे उत्कृष्ट प्रदर्शन

काठमाडौं, चैत १४ । श्रीलंकालाई हराउँदै इंग्लण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

भारतको नयाँ दिल्लीमा शनिकार राति भएको खेलमा इंग्लण्डले श्रीलंकालाई १० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको इंग्लण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

जवाफमा १ सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन मात्रै बनाउन सक्यो ।

कुनै समय तीन ओभरको समाप्तीमा १५ रन जोड्दा ४ विकेट गुमाइसकेको श्रीलंकाको लागि कप्तान एन्जेलो म्याथ्युजले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७३ रन जोडेपनि टोलीलाई हारबाट बचाउन भने सकेनन् ।

हारसँगै साविक विजेता श्रीलंका सुपर टेनबाटै घर फर्किने निश्चित भएको छ । उता इंग्लण्ड भने प्रतियोगिताको सेमीफाईनल पुग्ने तेस्रो टीम बनेको छ । यो समूहबाट वेष्ट इंडीजले यसअघि नैं सेमीफाईनलमा स्थान सुरक्षित गरिसकेको छ

यसैगरी समूह दुई बाट न्युजिल्याण्ड विजेताको रुपमा सेमीफाईनलमा पुगीसकेको छ भने सेमीफाईनल पुग्ने अन्तिम टोलीको टुंगो आज लाग्दैछ ।

आज हुने आयोजक भारत र अष्ट्रेलियाबीचको खेलको विजेताले सेमीफाईनलमा ठाउँ बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्