अष्ट्रेलिया पठाउन लागिएको २७ करोडको मेथाफेटामाइनसहित तीन नेपाली पक्राउ • Image Khabar Image Khabar


अष्ट्रेलिया पठाउन लागिएको २७ करोडको मेथाफेटामाइनसहित तीन नेपाली पक्राउ


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १०:०४

अष्ट्रेलिया पठाउन लागिएको २७ करोडको मेथाफेटामाइनसहित तीन नेपाली पक्राउ

काठमाडौं, चैत १५ । नेपाल प्रहरीले २७ करोड रुपैयाँ बराबरको ५४ किलो लागूऔषध ‘मेथाफेटामाइन’सहित तीनजनालाई पक्राऊ गरेको छ ।

अष्ट्रेलिया पठाउन लागिएको मेथाफेटामाइनसहित पक्राऊ पर्नेहरुमा मनष श्रेष्ठ, विक्रम लामिछाने र होमबहादुर तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले उनीहरुलाई पक्रेको हो ।

उनीहरुले घर निर्माणको सामग्री भनी झुक्याएर उक्त लागूऔषध अष्ट्रेलिया पठाउने लागेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यसअघि पक्राउ परेका अष्ट्रेलियन नागरिक रेमण्ड जोन मार्सदेन र अष्ट्रेलियामै बस्दै आएका नेपाली नागरिक भूपेन्द्र तामाङको बयानका आधारमा तीनजना मेथाफेटामाइनसहित पक्राऊ परेका हुन् ।

रेमण्ड र भूपेन्द्र तामाङमार्फत् उक्त लागूऔषध अन्य कुनै देशमा पठाउने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

लागूऔषध ओसार–प्रसारका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने शर्तमा उक्त लागूऔषध अष्ट्रेलिया पठाइएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको पनि प्रहरीले जनाएको छ ।

रेमण्ड नामका अष्ट्रेलियन नागरिक गत वैशाख १२ गतेको भूकम्पपछि राहत वितराणका लागि भन्दै नेपाल आएको र सोही नेपाली तस्करहरुसँग भेट भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्