आँखामा खुर्सानी छर्केर व्यस्त बजारमै महिलाको एक लाख २५ हजार लुटियो • Image Khabar Image Khabar


आँखामा खुर्सानी छर्केर व्यस्त बजारमै महिलाको एक लाख २५ हजार लुटियो


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १२:०१

आँखामा खुर्सानी छर्केर व्यस्त बजारमै महिलाको एक लाख २५ हजार लुटियो

सुर्खेत, चैत १५ । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो बैंकबाट रकम झिकेर निस्किएकी एक महिलाको आँखामा खुर्सानीको धुलो छर्केर एक लाख २५ हजार लुटिएको छ ।

प्रभु बैंकबाट रकम झिकेर निस्किएकी बर्दिया बाँसगढीकी पार्वती बुढाको आँखामा लुटेराहरुले खुर्सानीको धुलो छरेर रकम लुटेका हुन् ।

लुटेराहरुको खोजी भइरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्