Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


 ‘जीवन काँडा कि फूल’ चलचित्रको छायाकंन सुरु


0
Shares

धनकुटा, चैत १६ । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जिवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को निर्माण कार्य सुरु भएको छ ।

साहित्यकार घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’नामक पुस्तकमा आधारित भएर निर्माण कार्य सुरु गएिको हो ।

बरिष्ठ समालोचक प्राध्यापक डाक्टर गोविन्द भट्टराई, धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, साहित्यकार झमक घिमिरे, स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाललगायत धनकुटाका साहित्यकर्मी, नागरिक समाजका अगुवाको उपस्थितिमा चलचित्र छायांकन सुरु गरिएको हो ।

विष्ट ब्रदर्स फिल्मस् प्रालि काठमाडौं र क्लासिक सिने युनिभर्सलको ब्यानरमा र झमक घिमिरे साहित्यकला प्रतिष्ठानको प्रस्तुति रहने फिल्मको ९८ प्रतिशत छायांकन झमकको जन्मथलो धनकुटा नगरपालिका–३ कचिडेमा हुनेछ । केही दृष्यहरु धरान र काठमाडौंमा छायांकन गरिने बताइएको छ ।

Skip This