Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


अमिताभ बच्चनको पाहुना बने क्रिस गेल


0
Shares

मुम्बई, चैत १६ । बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले टि–ट्वेन्टी क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पाहुना बनाएका छन् ।

गेललाई अमिताभले आफ्नै घरमा निम्त्याएर सत्कार गरेका हुन् । भेटपछि दुबैले एक अर्काको प्रशंसा गरेका छन् ।

अमिताभले क्रिस गेलसँगको भेटका तस्वीर फेसबुक, ट्वीटर लगायतका सोसल नेटवर्किङ साइटमार्फत सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक पेजमा अमिताभ बच्चनले लेखेका छन्, ‘क्रिस गेल मेरो घरमा आए, उनी मेरो प्रशंसक हुन् भन्ने मलाई थाहा थिएन । उनी निकै विनम्रतापूर्वक प्रस्तुत भए, आशा छ कि बिहीबार भारतसँग हुन गइरहेको विश्वकप टि–ट्वेन्टी क्रिकेटको सेमिफाइनलमा पनि उनी हाम्रो टिमसँग यस्तै विनम्रताका साथ पेश हुनेछन् ।’

क्रिस गेलले पनि ट्वीटरमा लेखेका छन्, ‘कस्तो गजबको व्यक्ति हुनुहुन्छ अमिताभ बच्चन, महान व्यक्ति । मलाई निम्तो दिएकोमा र मेरो सत्कार गरेकोमा धेरै धेरै धन्यवाद ।’