ईटालीको पोष्टमा जर्मनीको ४ गोल, नेदरल्याण्ड्स विजयी • Image Khabar Image Khabar


ईटालीको पोष्टमा जर्मनीको ४ गोल, नेदरल्याण्ड्स विजयी


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ०५:५५

ईटालीको पोष्टमा जर्मनीको ४ गोल, नेदरल्याण्ड्स विजयी

काठमाडौं, चैत १७ । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले इङ्ल्यान्डलाई २–१ ले हराएको छ ।

इङ्ल्यान्डकै ऐतिहाँसिक वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोलीका जेमी भार्डीले पहिलो गोल गरे ।

तर दोस्रो हाफमा पाहुना टोलीका भिन्सेन्ट यान्सेन र लुसियानो नरसिंहले एक–एक गोल गर्दै नेदरल्याण्ड्सलाई विजयी गराए ।

अघिल्लो हप्ता जर्मनीलाई हराउँदै हौसिएको इङ्ल्यान्ड मंगलबार रातिको हारपछि भने निराश भएको छ ।

उता जर्मनीले मंगलबार राति भएको अर्को मैत्रिपुर्ण खेलमा ईटालीलाई ४–१ को फराकिलो अन्तरमा हराएको छ ।

जर्मनीमै भएको खेलमा घरेलु टोलीका लागि टोनी क्रुश, मारियो गोत्जे, योनास हेक्टर र मेसुत ओजीलले एक–एक गोल गरे । ईटालीका अल शरावीले एक गोल फर्काए ।

अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल अन्तर्गत मंगलबार राति भएका अन्य खेलमा फ्रान्सले रुसलाई ४–२ ले, पोर्चुगलले बेल्जियमलाई २–१ ले, स्कटल्याण्डले डेनमार्कलाई १–० ले तथा आईसल्याण्डले ग्रिसलाई ३–२ ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस्