अम्बर गुरुङ उपचारपछि स्वदेश फिर्ता, राष्ट्रियगान बजाएर सम्मान • Image Khabar Image Khabar


अम्बर गुरुङ उपचारपछि स्वदेश फिर्ता, राष्ट्रियगान बजाएर सम्मान


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ११:४५

अम्बर गुरुङ उपचारपछि स्वदेश फिर्ता, राष्ट्रियगान बजाएर सम्मान

काठमाडौं, चैत १७ । भारतमा उपचारपछि स्वास्थ्यमा सुधार आएका वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वदेश फर्किएका छन् ।

जीवनका ७८औं वसन्त पार गरिसकेका राष्ट्रियगानका संगीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि बुधबार दिउँसो स्वदेश फर्किएका हुन् ।

छोरा राजु गुरुङको साथमा आएका उनलाई लिन विमानस्थलमा विभिन्न कला तथा संगीतकर्मीको उपस्थिति थियो ।

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको संगीतकर्मी रतन चन्दले जानकारी दिए ।

स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै उनीद्वारा संगीतबद्ध राष्ट्रियगान बजाइएको थियो ।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायतका रोगबाट पीडित थिए । रासस

प्रतिक्रिया दिनुहोस्