सार्क महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित • Image Khabar Image Khabar


सार्क महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित


Imagekhabar
१७ चैत्र २०७२, बुधबार १४:१२

सार्क महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, चैत १७ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ७७–३६ ले हरायो ।

नेपालको जितमा स्नेहा श्रेष्ठले २४ स्कोर गरिन् । स्नेहाले बंगलादेशविरुद्धको खेलमा २६ स्कोर गरेकी थिइन् ।

चौथो क्वार्टरमा १२–१७ ले पछि परेको नेपाल त्यसअघिका क्वार्टरमा भने निकै अगाडि थियो ।

नेपालले पहिलोमा २२–०, दोस्रोमा १९–१३ तथा तेस्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।

प्रतियोगितामा श्रीलंकाले पनि लगातार दोस्रो जित हासिल गरेको छ ।

पहिलो दिन माल्दिभ्सलाई हराएको श्रीलंकाले दोस्रो बुधबार दिन भुटानलाई ११२–३१ ले पराजित गर्‍यो ।

प्रतियोगिताअन्तर्गत् बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीचको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्