स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष पक्राउ • Image Khabar Image Khabar


स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष पक्राउ


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार ०७:३२

स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष पक्राउ

सुनसरी, चैत १८ । स्वतन्त्र मधेस गठबन्धन सुनसरीका अध्यक्ष देवराम यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

सुनसरीमा बम पट्काएर सर्वसाधारणलाई आंतकित पारी हतियारको कारोवारमा संलग्न रहेको अभियोगमा यादवलाई प्रहरीले इनवा–७ बाट बुधबार राति पक्राउ गरेको हो ।

यादवले सिके राउतले सञ्चालन गरेको राष्ट्रिय अखण्डता विरुद्ध अभियानमा सुनसरीका विभिन्न स्थानमा अवैध गतिविधि गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।

प्रहरीले यादवको घरमा छापा मारी यसअघि नै हतियार, बम र विष्फोटक पदार्थ बरामद गरेको थियो । यादव भने फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्