
काभ्रे, चैत १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पपीडितको पुनःस्थापना एवं पुनःनिर्माणमा भइरहेको ढिला–सुस्तीप्रति असन्तुष्टि जनाएका छन् ।
काभे्रको धुलिखेलमा शुक्रबार आयोजित कम्प्युटर एसोसिएसन महासंघको अन्तरजिल्ला भेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारको पछिल्लो काम–कारबाहीप्रति दातृनिकाय पनि सन्तुष्ट नदेखिएको बताए ।
दुई दिनसम्म चल्ने भेलामा ५३ जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित करिब डेढ सय क्यान पदाधिकारी सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्