१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


देश टुक्र्याउन खोज्नेलाई ठेगान लगाउँछौं : प्रधानमन्त्री


0
Shares

काठमाडौं, चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र विखन्डन गर्न चाहनेहरुको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

विद्युत् प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले देश टुक्र्याउन खोज्नेलाई ठेगान लगाइछाड्ने दृढता व्यक्त गरे ।

१ सय ५ वर्षमा २ सय ५० मेगावाट विद्युत् निकाल्ने बानी परेकालाई आफूले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छुभन्दा पाच्य नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आगामी वैशाख महिनादेखि विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान चलाउन कर्मचारीहरुलाई निर्देशन पनि दिए ।