
काठमाडौं, चैत २० । भारत र इयुले ब्रसेल्स सम्मेलनपछि नेपालबारे टिप्पणी गरी संयुक्त वक्तव्य जारी गर्नुलाई केही कुटनीतिज्ञहरुले ‘नेपाल सरकारको अपरिपक्व कुटनीतिको परिणाम’ भनेका छन् ।
शनिबार राजधानीमा भएको एक साक्षात्कारमा पूर्वप्रधानमन्त्री सुशील कोइरालका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भारत र युरोपेली संघको संयुक्त वक्तव्यमा नेपालको विषय उठ्नुलाई ‘नेपाल सरकारकै अपरिपक्व कुटनीतिको परिणाम’–भने ।
कार्यक्रममा डेनमार्कका लागि पूर्वराजदूत विजयकान्त कर्णले नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समुदायले चासो देखाएको यो पहिलो घटना नभएको भन्दै भारत र इयुको वक्तव्य स्वभाविक भएको टिप्पणी गरे ।
तराई–मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले दिल्लीमा चार बुँदे सहमति गरेर घरभित्रको झगडालाई सरकार आफैंले बाहिर लगेको आरोप लगाए ।
उनले भारत र युरोपेली संघमात्र नभइ अरु देशहरुले पनि मधेसको आन्दोलनलाई समर्थन गर्ने दाबी गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री सीपी मैनालीले भने ‘भारतले सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम गरिरहको’ टिप्पणी गरे ।
उनले नेपालको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रिय मन्चमा उछाल्ने भारतको कार्य स्वीकार्य नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्