सिन्धुलीमा आलु उत्पादन बढ्यो • Image Khabar Image Khabar


सिन्धुलीमा आलु उत्पादन बढ्यो


Imagekhabar
२० चैत्र २०७२, शनिबार १३:५८

सिन्धुलीमा आलु उत्पादन बढ्यो

सिन्धुली, चैत २० । आलुखेतीका लागि मौसम अनुकूल हुँदा सिन्धुलीमा यो वर्ष आलुको उत्पादन बढेको छ ।

सुनकोसी, मरिण र कमलाखोचलगायत जिल्लाका विभिन्न स्थानमा व्यवसायिकरुपमा लगाइएको आलुबालीको उत्पादन बढ्दा कृषक खुसी भएका छन्  ।

कन्दमूल तरकारी जातमा पर्ने बहुउपयोगी तरकारी आलुको व्यवसायिक विस्तार गर्ने उद्देश्यले करिब पाँच सय ५० हेक्टर क्षेत्रमा आलुखेती गरिएको छ ।

कतिपय किसानले आलुलाई बीउकोरुपमासमेत बाहिर बिक्री गर्दै आएका छन् ।

सिन्धुलीमा यो वर्ष ८ हजार मेट्रिकटन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्