३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


ऐतिहासिक शहर पाल्माइराबाट ४० वटा शव बरामद


0
Shares

काठमाडौं, चैत २१ । सिरियाको ऐतिहासिक तथा पुरातात्विक शहर पाल्माइराबाट ४० वटा शव बरामद गरिएको छ । पल्माइरा शहर आर्ईएसको कब्जाबाट आफनो नियन्त्रणमा लिएको सिरियाली सेनाले ४० वटा शव बरामद गरेको हो ।

बरामद गरिएका शवमा महिला र बालबालिकाको संख्या बढी छ । जसमा केहीको शीर छेदन र केहीको गोली हानी हत्या गरिएको बताइन्छ ।

बरामद गरिएको शव होम्स अस्पतालको शव गृहमा लगिएको छ । सिरियाको ऐतिहासिक शहर पल्माइरा कब्जा गरी बसेका आईएसलाई गत साता त्यहाँबाट हटाएर सिरियाली सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको हो ।

शहरका अधिकांश ऐतिहासिक धरोहर नष्ट गरिएका छन् भने त्यहाँ रहेका सिरियाली नागरिक आईएसको कब्जामा थिए । (एजेन्सी)