बसन्त चौधरीलाई मोरक्कोको विशिष्ट पदक • Image Khabar Image Khabar


बसन्त चौधरीलाई मोरक्कोको विशिष्ट पदक


Imagekhabar
२२ चैत्र २०७२, सोमबार ०६:४१

बसन्त चौधरीलाई मोरक्कोको विशिष्ट पदक

काठमाडौं, चैत २२ । नेपालका लागि मोरक्को अधिराज्यको मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरीलाई मोरक्कोको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’ प्रदान गरिएको छ ।

भारत र नेपालका लागि मोरक्कोका राजदूत लार्वी रिफोले राजधानीमा गरेको कार्यक्रममका उपप्रधानमन्त्री कमल थापामार्फत् अवैतनिक महावाणिज्यदूत चौधरीलाई उक्त पदक हस्तान्तरण गरेका हुन् ।

दुई देशबीचको दौत्य सम्बन्ध र दुई देशका जनताबीच आपसी सौहार्दता र मित्रतालाई थप प्रगाढ बनाउन चौधरीले पुर्‍याएको योगदानका लागि पदक प्रदान गरिएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री कमल थापाले गत बैशाखको बिनाशकारी भूकम्पपछि मोरक्कोबाट १० लाख अमेरिकी डलर राहत सहयोगस्वरुप उपलब्ध गराएकोमा अवैतनिक महावाणिज्यदूत चौधरीको प्रशंसा गरे ।

मोरक्कोका राजदूत रिफोले नेपालले चाहेको अवस्थामा मोरक्को सरकारले कृषिजन्य उद्योग, सिंचाइका अत्याधुनिक प्रविधि, कृषि र पर्यटनका क्षेत्रमा पूर्वाधार निर्माण तथा मानव संशासधन विकासमा साझेदारी, सहयोग, तालिम एवम् प्रविधि उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्