५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


ग्रीसबाट फर्काइएका आप्रवासी टर्की पुगे


0
Shares

काठमाडौं, चैत २२ । ग्रीसबाट फर्काइएका आप्रवासीहरुको पहिलो खेप टर्की पुगेको छ ।

युरोपमा आप्रवासी समस्या सहज बनाउन युरोपेली युनियनको योजना कार्यान्वयन गर्न आप्रवासी फिर्ता सुरु गरिएको हो ।

आप्रवासीहरु ग्रीक टापु लेस्वोनबाट पश्चिमी टर्कीको डिकिली पुगेका हुन् । उनीहरु शरणार्थीका लागि आवेदन नदिएका बंगलादेश, श्रीलंका र मोरक्कोका नागरिक भएको ग्रीसले जनाएको छ ।

युरोपेली युनियन र टर्कीबीच ग्रीसमा गैरकानुनीरुपमा बसेका र शरणार्थीका लागि आवेदन पनि दिएका वा आवेदन अस्वीकृत भएका आप्रवासीलाई टर्कीले फिर्ता लैजाने सहमति भएको थियो ।

सहमति कार्यान्वयका लागि टर्की र ग्रीस पूर्ण तयार नहुँदै हतारमा काम गरेको बताइएको छ । फिर्ता आउने आप्रवासीका लागि उचित प्रबन्ध नमिलाइएको जनाइएको छ ।

केही अधिकारवादी संगठनहरुले आप्रवासीहरुका लागि टर्की सुरक्षित थलो नभएको जिकिर गरेका छन् ।

गत वर्षयतामात्र १० लाख आप्रवासी समुद्री मार्ग हुँदै टर्कीबाट ग्रीस पुगेका थिए । (एजेन्सी)