सोमबार नेप्से ११ अंकले बढ्यो • Image Khabar Image Khabar


सोमबार नेप्से ११ अंकले बढ्यो


Imagekhabar
२२ चैत्र २०७२, सोमबार १३:३४

सोमबार नेप्से ११ अंकले बढ्यो

काठमाडौं, चैत २२ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आयो । शेयर बजार परिसूचक नेप्से करिब ११ अंकले बढ्यो ।

आइतबार नेप्से ४ अंक बराबरले घटेको थियो । नेप्से १३ सय ६२ बिन्दूमा पुग्यो । यसदिन जलविद्युत् समूहबाहेक अरु कारोबार भएका सबै समूह बढेसँगै नेप्से बढेको हो ।

बीमा समूह सबैभन्दा उच्च ९२ अंकले बढ्यो । विकास बैंक १८ अंक बराबरले, अन्य १२ अंक बराबरले र वाणिज्य बैंक समूह पनि साढे ८ अंकले उक्लियो । जलविद्युत् समूह भने साढे १९ अंकले घट्यो ।

यसदिन १ सय २७ कम्पनीको ७ लाख ४५ हजार बराबर कित्ता शेयर ४ करोड ६४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्