ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु • Image Khabar Image Khabar


ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु


Imagekhabar
२२ चैत्र २०७२, सोमबार १३:४२

ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

प्रदीप पौडेल

पोखरा, चैत २२ । पोखरामा मुख्य कार्यालय रहेका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक मर्ज भइ राष्ट्रियस्तरको विकास बैंककारुपमा एकीकृत कारोबार सुरु गरेका छन् ।

मर्जपछि बनेको ओम डेभलपमेन्ट बैंकको नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।

मर्जपछि बनेको नयाँ संस्थाको अध्यक्षमा ओम फाइनान्सका अध्यक्ष सुशिलकुमार गोशाली रहेका छन भने प्रमुख कार्यकारी अधिकृतमा सिटी डेभलपमेन्ट बैंकका सीइओ विश्वमोहन अधिकारी र डेपुटी सीइओमा ओम फाइनान्सका सीइओ बुद्धि मल्ल रहेका छन् ।

ओम मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ८२ करोड र कर्जा ९ अर्ब २२ करोड रूपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्