फेवा नववर्ष महोत्सव चैत २८ देखि • Image Khabar Image Khabar


फेवा नववर्ष महोत्सव चैत २८ देखि


Imagekhabar
२२ चैत्र २०७२, सोमबार १३:४५

फेवा नववर्ष महोत्सव चैत २८ देखि

काठमाडौं, चैत २२ । पोखरास्थित ‘फेवातालको संरक्षण गरौं’ भन्ने नाराकासाथ १३औं फेवा नववर्ष महोत्सव चैत २८ देखि हुने भएको छ ।

महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

संघले नयाँवर्षलाई लक्षित गरी सडक महोत्सव पनि हुने जनाएको छ । आन्तरिक पर्यटक लक्षित फेवा महोत्सव वैशाख २ गतेसम्म चल्ने छ ।

फेवा महोत्सवको अवसर पारेर संघले आवासमा २० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रभावित पर्यटन क्षेत्रलाई उकास्न महोत्सवले सहयोग पुर्‍याउने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्