१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


पूर्वराष्ट्रिय बक्सिङ खेलाडी रानाद्धारा सहयोगको अपिल


0
Shares

काठमाडौं, चैत २५ । नेपाल बक्सिङ संघले क्यान्सरको उपचार गराइरहेका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी इन्द्रबहादुर रानालाई आर्थिक सहयोग गर्न अपील गरेको छ ।

विहीबार राजधानीमा कार्यक्रम गरी संघले रानाको उपचारमा सहयोग गर्न अपील गरेको हो । त्यसक्रममा संघले उठाएको ५१ हजार रुपैयाँ रानालाई प्रदान गरिएको थियो ।

सन् १९९२ देखि १९९९ सम्म आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका ४५ वर्षे राना पछिल्लो एक वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित छन् ।

उपचारकाक्रममा ५५ लाखभन्दा बढी रकम खर्च भइसकेको भएपनि आफूले नेपाल सरकार, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद तथा अन्य जिम्मेवार निकायबाट कुनैपनि सहयोग नपाएको रानाले बताए ।

उपचारका लागि आर्थिक अभाव भएको भन्दै रानाले सहयोगका लागि सबैलाई अपील पनि गरेका छन् ।