१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


राजेन्द्र महतोको नजरमा नाकाबन्दी सफल नहुनुको यस्तो रहेछ कारण


0
Shares

काठमाडौं, वैशाख ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मोर्चाबाट आफ्नो पार्टीलाई अलग्याउन प्रयास भइरहेको खुलासा गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत उनले मोर्चाबाट सदभावनालाई अलग्याउन अन्य दलका नेता लागे पनि सफल हुन नसकेको उल्लेख गरेका छन् । विराटनगरमा सम्पन्न राष्ट्रिय कार्यसमिति बैठकमा उक्त प्रतिवेदन प्रस्तुत भएको थियो ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै जारी आन्दोलनमा पार्टीको लोकप्रियता बढ्दै गएपछि अन्य दलले अलग्याउन खोजेको उनले जिकिर गरेका हुन् । ‘पार्टीले मोर्चाको संस्कृतिअनुरुप संस्कारको अपेक्षा राख्नु स्वाभाविक हो, मोर्चामा आवद्ध पार्टीबीच विचारमा समानता, एकरुपता एवं एकतामा विश्वास राख्न आवश्यक छ,’ उनले दस्तावेजमा लेखेका छन्, ‘हाम्रो दुर्भाग्य, आन्दोलनमा नेतृत्वदायी भूमिकाका कारण पार्टीप्रति मधेसी जनताको विश्वास र भरोसा बढिरहेका बेला मोर्चाकै केही नेताले नसिहत दिने दुष्प्रयास गर्नु आन्दोलित जनतालाई आघात पु¥याउनु थियो ।’

प्रतिवेदनमा भनिएको छ, ‘पार्टी अध्यक्षज्यूको नेतृत्वमा तथा मोर्चा र जनताको उत्साहपूर्ण सहभागितामा बीरगंज नाकामा अवरोध रहे पनि मोर्चाका अन्य घटकको जिम्मेवारीमा रहेका विराटनगर–जोगबनी, भैरहवा–सुनौली लगायत नाका अवरुद्ध रहन सकेन, जसले गर्दा आन्दोलन कमजोर हुँदै गयो, बीरगंज–रक्सौल झैं सम्पूर्ण नाका पूर्ण रुपमा बन्द गराउन सफल भएको भए राज्यलाई घुँडा टेकाउन आन्दोलन सफल हुन्थ्यो ।’ -नागरिक दैनिकबाट