१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


एस्टन भिल्ला प्रिमियर लिगबाट घटुवा


0
Shares

काठमाडौं, बैशाख ५ । इङ्गलिस फुटबलको शिर्ष डिभिजन प्रिमियर लिगबाट एस्टन भिल्ला रेलीगेशनमा परेको छ ।

शनिबार राती भएको खेलमा म्यान्चेस्टर युनाईटेडसँग १-० ले पराजित हुँदै भिल्ला दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा घटुवा भएको हो ।

भिल्ला विरुद्धको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले ३२ औं मिनेटमा निर्णायक गोल गरे ।

प्रिमियर लिगको सफल टोली मध्येको एक एस्टन भिल्ला सन् १९८७ पछि पहिलो पटक रेलीगेशनमा परेको हो ।

जारी लिगमा लामो समय रेलीगेशन क्षेत्रमा रहेको एस्टन भिल्लाले पछिल्ला ९ खेलमा हार व्यहोरेको थियो ।

प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई ३-० ले हराएको छ ।

चेल्सीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले ह्याट्रिक गरे ।

शनिबार राती सम्पन्न अन्य खेलहरुमा सण्डरल्याण्डले नर्वीच सिटीलाई ३-० ले हराँउदा वाट्फोर्डले वेष्ट ब्रोमलाई १-० ले तथा न्युकासल युनाईटेडले स्वान्सी सिटीलाई ३-० ले हराएका छन् । एभर्टन र साउथह्याम्पटनले भने १-१ गोलको बराबरी खेलेका छन् ।