३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रिमियर लिगमा टोटनह्याम हट्सपरको उपाधि दावेदारी कायमै


0
Shares

काठमाडौं, बैशाख ७ । स्टोक सिटीलाई हराउँदै टोटनह्याम हट्सपरले इङलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि दावेदारी कायम राखेको छ ।

सोमबार राति स्टोक सिटीको मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्याम ४-० ले विजयी भयो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केन र डेले अलीले २-२ गोल गरे । जितसँगै ३४ खेलबाट ६८ अंक जोडेको टोटनह्याम अंक तालिकाको दोस्रो स्थानमा छ ।

समान खेलबाट ७३ अंक जोडेको लेष्टर सिटी शीर्ष स्थानमा छ भने एक खेल कम खेलेका म्यानचेस्टर सिटी र आर्सनल ६०-६० अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती म्यानचेस्टर सिटी र न्युकासल युनाईटेड भिड्नेछन् ।