
पोखरा, वैशाख ७ । पोखरामा जारी पाँचौ मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अन्तिम क्वार्टरफाइनलमा धरान फुटबल क्लब विजयी भएसँगै सेमिफाइननल समीकरण पूरा भएको हो ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा भारतको टिम उडिसा फाओ एकेडेमीलाई ३–० ले हराउँदै धरान अन्तिम चारमा पुगेको हो । धरानले तीनओटै गोल मध्यान्तरपछि गरेको हो ।
धरानलाई जिताउन तीर्थ बस्नेत, लक्ष्मण रुचाल र जिम्मीले एक–एक गोल गरे ।
खेल तालिकाअनुसार दिल्ली युनाइटेड एफसीले सहभागिता जनाउने भनिएपनि अन्तिम समयमा उडिसा फाओ आएको थियो ।
अब सेमिफाइनलमा धरानको भिडन्त त्रिभुवन आर्मी क्लबसँग हुनेछ ।
पहिलो सेमिफाइनलमा बुधबार मनाङ–मर्स्याङ्दी क्लबले शसस्त्र प्रहरीसँग खेल्नेछ ।
फाइनल खेल आगामी शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्