
काठमाडौं, बैशाख ८ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासल युनाईटेडले म्यानचेस्टर सिटीलाई १-१ गोलको बराबरीमा रोकेको छ ।
खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरेका थिए । तर घरेलु टोली न्युकासल युनाईटेडका भर्नान अनिटाले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
यो बराबरीले म्यानचेस्टर सिटीलाई धक्का लागेको छ भने रेलिगेशनको खतरामा रहेको न्युकासल युनाईटेडलाई केही राहत मिलेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । आज वेष्ट ह्याम युनाईटेड र वाट्फोर्ड, लिभरपुल र एभर्टन तथा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्