Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


पत्रकार सुमन भोम्जनको स्मृतिमा सभा


0
Shares

काठमाडौं, बैशाख १९  ।  गत वर्ष बैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा नेपाल खेलकुद पत्रकार मञ्चले स्मृती सभा गरेको छ ।

गत वर्षको भूकम्पमा परेका भोम्जनको शव भुकम्प गएको एक हप्तापछि बैशाख १९ गते काठमाडौं महावौद्धस्थित उनी बसेकै घरको भग्नावशेषमा फेला परेको थियो ।

मञ्चले गरेको श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष ध्रुवबहादुर प्रधानलगायत पत्रकारीता र खेल क्षेत्रका विभिन्न महानुभावले श्रदाञ्जली दिएका थिए ।