
काठमाडौं, जेठ २७ । सार्क राष्ट्रका सचिवहरुको बैठक आजवाट राजधानीमा सुरु भएको छ । दुई दिने वैठकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रवीचको सहयोगलाई अझ वढी सुदृढ गर्दै आर्थिक विकासमा अघि वढ्नुपर्नेमा जोड दिए ।
उनले सार्कले विगतमा ब्यक्त गरेका प्रतिवद्धतालाई व्यवहारिक रुप दिन सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताए । लामो सघर्षपछि नेपालमा निर्माण भएको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान भएको दाबी पनि गरे ।
उनले कुनै पनि नागरिकहरुको अधिकारलाई कुण्ठित हुन नदिन संविधानले विशेष व्यवस्था गरेको पनि बताए ।
बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले नेपालमा सुरु भएको सार्कको सचिवस्तरीय वैठकले सरकारलाई नीति निर्माणमा सहयोग पुर्याउने वताए । बैठकमा सार्क क्षेत्रको आर्थिक, सामाजिक विकास लगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्