
काठमाडौं, असार १७ । महाराजगंजस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा. गोविन्द केसीको घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ ।
यसअघि चिकित्सा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मुख्य मागसहित केसीले अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासिन र मौन ।
केसीलाई यसअघिका अनशनमा खुलेर सहयोग गरेका आइओएमका केही प्राध्यापक उनीद्वारा घोषित अनशनप्रति मौन बस्न चाहेका छन् ।
शिक्षण अस्पतालका पूर्वनिर्देशक प्राध्यापक डा. केपी सिंहले अनशनका बेला बिरामीलाई सेवा पाउनबाट वञ्चित गर्नुहुन्न भन्ने पक्षमा केसी रहे पनि अन्ततः बिरामी नै सबैभन्दा बढी मारमा पर्ने गरेको बताए ।
आइओएम प्राध्यापक संघका अध्यक्ष डा. मोदनाथ मरहट्ठाले आफू यस विषयमा बोल्दाबोल्दा थाकेकाले यसपालि केही पनि प्रतिक्रिया नदिने बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्