Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


स्कूले बालबालिकालाई कसले वाचन गरायो ‘भारतभक्त’ गीत !


0
Shares

काठमाडौं, असार २० । ‘भारत छाडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौं
भारतसँग नाता तोडी कोही पाउँदैनौं जान
भारतले जे भने पनि स्वीकार गरी मान
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
योभन्दा ठूलो अरु कहीँ पाउँदैनौं ज्यान

हालै अर्घाखाँची सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्च माध्यामिक विद्यालयको भवन उदघाटन समारोहमा विद्यार्थीले गाएको गीतको एक अंश हो यो ।

उक्त भवन भारतीय दुतावासको लघु वित्तीय सहयोग कार्यक्रमअन्तर्गतको लगानीमा बनेको थियो । अहिले सामाजिक संजालमा यस्तो गीत गाउन लगाउनेप्रति छानविन हुनुपर्ने मागले व्यापकता पाइरहेको छ ।

सामाजिक संजालका प्रयोगकर्ताले उक्त कार्यक्रममा प्रमुख अतिथि बनेका उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कारवाही गरिनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।

मन्त्री रायमाझीले भने, ‘बालबालिकाले गाउने गीतमा शिक्षकको प्रत्यक्ष निर्देशन हुनुपर्छ तर त्यहाँ यस्तो भएको पाइएन ।’

शिक्षक तथा विद्यार्थीको गल्तीप्रति आफूले आपत्ति जनाइसकेको पनि उनले प्रष्ट्याए । –अन्नपूर्ण पोस्ट दैनिकबाट