Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तको संसदीय सुनुवाइ हुने


0
Shares

                                        सुशीला कार्की: फाइल फोटो ।

काठमाडौं, असार २३ । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा विहीबार बसेको बैठकले शुक्रबार बिहान बस्ने बैठकमा कार्यबाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो ।

कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए ।

समितिको बैठकले उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीकाबारेमा सोधपुछ गर्न सम्भव नभएकाले सीधै संसदीय सुनुवाइ गर्न लागेको बताइएको छ ।

कार्यबाहक प्रधानन्यायाधीश सुशीला कार्कीका हकमा यही २६ गते आइतबार बस्ने बैठकमा उजुरीकर्तालाई आफ्नो उजुरी पुष्टि गर्न बोलाउने र सोही दिन उनको संसदीय सुनुवाइ गरिने निर्णय भएको छ ।

उनकाविरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा ‘डीएनए’ परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारी सेवाबाट निस्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुनविपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदन्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको, काठमाडौंको बसुन्धरामा करोडौं मूल्यको घर जोडेकोजस्ता आरोप छ । रासस

Skip This