सार्वजनिक प्रसारण सेवासम्बन्धी विधेयकको मस्यौदामा छलफल « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


सार्वजनिक प्रसारण सेवासम्बन्धी विधेयकको मस्यौदामा छलफल


0
Shares

काठमाडौं, असार २३ । सार्वजनिक प्रसारण सेवा नेपालका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि विहीबार राजधानीमा छलफल गरिएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाउनका लािग छलफल गरिएको हो ।

सरकारी स्वामित्वमा रहेकाले ती दुबै संस्था सरकारको चाहनाअनुरुप चलेको भन्दै आरोप लागेकाले त्यो धारणामा सुधार ल्याउन पनि सार्वजनिक प्रसारण सेवा बनाउन लागिएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।