
काठमाडौं, असार २३ । सार्वजनिक प्रसारण सेवा नेपालका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि विहीबार राजधानीमा छलफल गरिएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाउनका लािग छलफल गरिएको हो ।
सरकारी स्वामित्वमा रहेकाले ती दुबै संस्था सरकारको चाहनाअनुरुप चलेको भन्दै आरोप लागेकाले त्यो धारणामा सुधार ल्याउन पनि सार्वजनिक प्रसारण सेवा बनाउन लागिएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्